सिद्धार्थ बैंक सम्मानित

काठमाडौ । सिद्धार्थ बैंक लिमिटेड वेष्ठ अपरेसन बैक इन साउद एसिया अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य आइएफसी द्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आइएफसिको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५ सय साझेदार बैंकको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधामा ४८ विजेताहरु छनोट गरिएको छ । जसमध्ये बैंकले सो अवार्ड प्राप्त गरेको हो । आइएफसी अन्तर्गत रहेका नेटवर्क बैंक मध्ये आफ्ना ग्राहकलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको पनि उल्लेख छ ।

उक्त अवार्ड एक विशेष कार्यक्रममा आइएफसिका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका हुन । ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको पनि उनले बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया