माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपूर्ण केबुलकार प्रालिसँग सो व्यावसायिक सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा अन्नपूर्ण केबुलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा बैंकका तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकारबाट टिकट काट्दा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सो केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ । बैंकका ग्राहकले यस्तो छुट बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँदै आएको सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया