लुम्बिनी बैंक र धुलिखेल जिपलाइन सम्झौता

काठमाडौ । लुम्बिनी विकास बैंक र धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रालि.( धुलिखेल जिपलाइन) बीच बिभिन्न सेवा तथा सुबिधामा छुट दिने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइन का बिभिन्न जिपलाइन सेवा तथा सुबिधा लिए बाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने छ ।

सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चरको तर्फबाट अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । बैकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखा मार्फत कारोबार गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया