बिओकेका ग्राहकलाई विशेष छुट

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेड र फील गुड बार एण्ड ग्रिल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पिओएस तथा मोबाइल बैंकिग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिगको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फील गुड बार एण्ड गिल्लले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैकले ९७ शाखा कार्यालय,९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया