सार्वजनिक बिदाको दिन सरकारी गाडीमा कडाई

दैलेख । सार्वजनिक बिदाको दिन चलाइएका सरकारी गाडीमा प्रहरीले कडाई गरेको छ । सार्वजनिक बिदाको दिन चलाइएका सरकारी सवारी साधन दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारी सवारी साधन नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार सरकारले दुई दिन सार्वजनिक बिदा दिइसकेको छ ।

सरकारी गाडिको प्रयोग कम गर्नको लागि सरकारले दुई दिन बिदा दिए पनि दैलेखमा सार्वजनिक बिदाको दिन सरकारी गाडि प्रयोग भईरहेका बेला चेकजाँचमा कडाई गर्दा सरकारी गाडी भेटिएकोले नियन्त्रण्मा लिएको हो ।

शनिबार र आइतबार गरी नौमूले गाउँपालिकाको क.प्र.०२–००२ झ ८५, सिँचाई कार्यालय दैलेखको क.प्र.०२–००२ झ ००३० र डुंगेश्वर गाउँपालिकाको भे १ ब १३१७ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया