डाेटीमा बस दुर्घटना अपडेट : १२ जना घाइते, बस चालक फरार

डाेटी । कैलालीबाट अछामका लागि छुटेको यात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनकाे अवस्था गम्भीर रहेकाे छ । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो ।शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा बस दुर्घटना भएको डाेटी प्रहरीले जनाएको छ ।

घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । गम्भीर भएका घाइतेहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।

तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।

प्रतिक्रिया