लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसकी शाही विजयी

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सुशीला शाही विजयी भएकी छन् । शाहीले नेकपा एमालेका उम्मेदवार निवर्तमान मेयरसमेत रहेका महादेव बजगाईलाई पराजित गर्दै विजयी भएकी हुन् ।

शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छन भने बजगाईले १० हजार ४३५ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी जुना चौधरी विजयी भएकी छन् । चौधरी गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिंहलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ११ हजार ७०८ र सिंहले ८ हजार ३०८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया