विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार रहेका कांग्रेसका नागेश कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सागर कुमार थापालाई पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले ३० हजार १७० मतले ल्याएर विजयी हुँदा थापाले २१ हजार ४५५ मत ल्याएका थिए ।

मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत पाएका छन् ।
यसैगरी उपमेयरमा सत्तागठन्धनका उम्मेदवारलाई पराजित गर्दै एमाले विजयी भएको छ ।

जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवलाई पराजित गर्दै उपमेयरमा एमालेकी शिल्पा कार्कि विजयी भएकी हुन् । कार्कीले २५ हजार ६८० मत पाउँदा गठबन्धनबाट जसपाका यादवले १४ हजार २१९ मत मात्रै ल्याएका छन् ।

यसैगरी उपमेयरमै राष्ट्रिय प्रजातन्त्र पार्टीकी विन्दा कुमारी लुइटेल आचार्य ६ हजार ४०१ मत ल्याइन् भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया