धनगढीबाट अछाम जाँदै गरेको डोटीमा दुर्घटना

डोटी । धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । प्रहरीका अनुसार शनिबार बिहान जिल्लाको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा ना५ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार ७ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण र घाइतेबारे पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।

प्रतिक्रिया