गौरीगंगाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द)का देवीदत्त कँडेल भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिङाललाई ७ हजार १६३ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । कँडेलले १३हजार ७९५ मत प्राप्त गरेका छन भने सिङालले ६ हजार ६३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबनधनका उम्मेदवार नेपाली कांग्रेसका भोजबहादुर बम पनि भारी मतान्तरले विजयी भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार शान्तिदेवी सिंहलाई ४ हजार ५३८ मत अन्तरले पराजित गरेका छन् । बलमे ११ हजार २८१ र सिंहले ६ हजार ७४३ मत प्राप्त गरेकी छन् । गौरीगंगामा २०७४ को स्थानीय तहको निर्वाचनमा एमालले जितेको थियो ।

प्रतिक्रिया