धुलिखेलको मेयरमा एमालेका अशोक ब्यान्जु निर्वाचित

काभ्रे । धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्यान्जु दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । एमाले काभ्रे जिल्ला अध्यक्षसमेत रहेका ब्यान्जु ८ हजार ३४९ मतसहित मेयरमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन् ।

यहाँ गठबन्धनविरुद्ध कांग्रेसका नेता बस्नेतले जेब्रा चुनाव चिन्ह लिएर बागी उम्मेदवारी दिएका थिए । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठले भने जम्मा १७८३ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकै लालतारा अधिकारी ७ हजार ९१० मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार निराजन जंगमले ७ हजार ७९० मत पाएका छन् ।

प्रतिक्रिया