पाँचथरका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

पाँचथर । फिदिम नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएका छन् । नगर र गाउँपालिका जनप्रतिनिधिले जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद शाहले अदालतमा सपथ गराए । फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिका समरबहादुर अधिकारी, फालेलुङ पालिका विरबिक्रम थाम्सुहाङ, कुम्मायक पालिका वम लावती, मिक्लाजुङ पालिका अमरराज माखिम, फाल्गुन नन्द पालिका बृजाहाङ आङदेम्बे, याङवरक पालिका भिमबहादुर योङया, तुम्बेवा पालिकाका बाबुराम खड्कालगायतले सफत लिए ।

पाँचथर ८ स्थानीय तह मध्ये एक नगर छ । त्यस्तै फिदिम नगरपालिका १४ का वडाध्यक्ष सदस्य हरुलाई नगर प्रमुख मित्रप्रसाद काफ्ले ले सफत गराए । सफत तथा शुभकामना कार्यक्रम फिदिम नगरपालिकाले आयोजना गरेको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ फिदिम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, सिडिओ सुरेश न्यौपाने, निवर्तमान नगर प्रमुख ओनाहाङ नेम्वाङ, जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद शाहले शुभकामना दिनुका साथै प्रतिनिधिहरुलाइ प्रमाण पत्र प्रदान गरे । शपथ कार्यक्रम नगर शिक्षा शाखा प्रमुख निर्मला दाहालले सन्चालन गरेको थिइन् । सपथ सकिएपछि गठबन्धनले झाँकीसहित बिजय जुलुसले फिदिम बजार परिक्रमा गरेर सभा गरेको छ ।

प्रतिक्रिया