भरतपुर। भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।
महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ । प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहनुभएकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता सलएकी छन् भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३४३ मतका साथ अग्रता सलएकाछन् । प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छन् । गणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । यसअघि गणना भएका १० वडामध्ये सातमा कांग्रेस, दुईमा नेकपा एकीकृत समाजवादी र एउटामा एमाले विजयी भएका छन् ।
प्रतिक्रिया