लुम्बिनीको परासीमा एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा शाखा विस्तार गरेको छ । यो बैंकको १ सय १६ औं शाखा हो । सो शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।


उद्घाटन समारोहमा बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत खालिङले परासीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिग सेवा प्रदान गराउने आश्वासन व्यक्त ब्यक्त गरे ।


स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन । देशैभरि छरिएर रहेको १ सय १६ शाखा संजाल, प्रादेशिक कार्यालय , १ सय ५० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिग सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया