धरानमा स्वतन्त्र उम्मेदवार १५०९ मतले अगाडि

धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले प्रतिस्पर्धाभन्दा १५ सय बढीको मतान्तर कायम गरेका छन् । साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा १५०९ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ३३९ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले ९८३० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेकी मन्जु पौडेल ८३७१ मतसहित तेस्रो स्थानमा छिन् ।

यसअघि साम्पाङ र राईबीच २७० मतको मतान्तर थियो । तर ११ नम्बर वडाबाट राईले अग्रता फराकिलो बनाएका हुन्। यो वडामा २८०० मत गन्दा साम्पाङले १२६९ मत पाए भने कांग्रेसका राईले जम्मा ६४० मत पाए।

धरानमा स्वतन्त्र उम्मेदवार सम्पाङ लौरो चिन्ह लिएर उठेका हुन् । यसअघिको निर्वाचनमा भने धरानमा नेकपा एमालेका तारा सुब्बा विजयी भएका थिए। तर पछि सुब्बाको मृत्यु भएपछि उपनिर्वाचन हुँदा कांग्रेसका तिलक राई विजयी भएका थिए ।

प्रतिक्रिया