चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाएकी छन् । पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएकोमा रेनुले २०४९२ मत ल्याएकी हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन् । अहिले गणना भएको वडा नम्बर ११ मा एमालेका सुवेदीले २४९७ मत ल्याएका छन् । सुवेदीभन्दा कम मत पाएकी रेनुले यो वडामा १९३१ मत पाएकी छन् ।
प्रतिक्रिया