कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी । कैलालीको भजनी नगरपालिकाको नगरप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरी विजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयरसमेत रहेका शेरबहादुर चौधरीलाई ३ हजार ७६८ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन । केवलले ८ हजार ९६६ र शेरबहादुरले ५ हजार १९८ मत प्राप्त गरेका छ्न ।

त्यसैगरी उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी राजु तिरुवा विजयी भएकी छ्न । तिरुवाले ७ हजार ६२२ मत प्राप्त गरेकी छ्न भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका गोकेन्द्र भण्डारीले ४ हजार ४९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया