धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल सात हजार बढी मतान्तरले अगाडि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३३ हजार ६५२ मतगणना भएको छ । बिहिबार दिउसो सार्वजनिक गरिएको विवरण अनुसार मेयरका स्वतन्त्र उम्मेदवार हमालले १५ हजार ४२८ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ७ हजार ५९६ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत प्राप्त गरेका छन् । हमाल र उनका निकटतम प्रतिद्वन्दी वडबीच ७ हजार ८३२ मतको अन्तर रहेको छ ।
यसैगरी उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मतकासाथ अग्र स्थानमा छन् भने नेकपा एमालेकी कन्दकला रानाले ६ हजार ९६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ प्राप्त गरेका छन् ।

प्रतिक्रिया