संसदमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । व्यवस्थापिक संसदका सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा उपस्थित हुन निर्देशन दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा छलफल हुँदा पनि अर्थमन्त्री प्रत्यक्ष सहभागी नभएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद्मा उपस्थित हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिए ।

नेपाली कांग्रेसका सांसद् डा. मिनेन्द्र रिजालले पनि बजेट छलफलमा अर्थमन्त्री स्वयं उपस्थित भएर सांसदहरु दिएको सुझाव सुन्नुपर्ने बताए ।

प्रतिक्रिया