हेटौंडा उपमहानगरमा ११ वटा वडाको मत गणना सम्पन्न

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको मत गणना सम्पन्न भएको छ । निर्वाचन कार्यालयले दिएको नतिजा अनुसार ११ वटा मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

१ नम्बरमा सविन न्यौपाने, २ नम्बरमा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् ।

त्यसैगरी वडा नम्बर ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । ५ नम्बर वडामा सुशील घिमिरे, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् । हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा रहेको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया