धरान उपमहानगरमा २९,४६६ मतगणना गर्दा मेयरमा लौरो अगाडि

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्गले अग्रता कायम गरेका छन् । हालसम्म २९ हजार ४६६ मतगणना गर्दा हर्कको चुनाव चिह्न लौरोले गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका किशोर राईभन्दा १४७ मत बढी ल्याएको छ ।

पछिल्लो मत परिणाम अनुसार साम्पाङ्गले ८ हजार ५०९ मत ल्याउँदा कांग्रेसका राईले ८ हजार ३६२ मत मात्रै ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले तेस्रो स्थानमा छ ।
एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८५८ मत ल्याएकी छन् । तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनबाट मेयरमा कांग्रेसले जीत हासिल गरेको थियो ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाले ९ हजार ४३० मत ल्याएर अग्रता कायम राख्दा एमालेका पदम इस्बो लिम्बुले ९ हजार ७९ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया