कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका बन्सराम बडायकलाई पराजित गर्दै विजयी भएका हुन् । चौधरीले ४ हजार ९०३ मत र बडायकले ३ हजार ३६८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् । कठरियाले ४ हजार ५८९ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा –माओवादी केन्द्र)का दीर्घराज बिनाडीले ४ हजार ९६१ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा जोशीपुर कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया