कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । उनले निवर्तमान अध्यक्षसमेत रहेका सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाजुराम चौधरीलाई ४ हजार ६२ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
राजसमझले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । चौधरीले १० हजार ४८४ मत र उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले ६ हजार ४७७ मत प्राप्त गरेकी छन् । सत्गौवा थारु निवर्तमान उपाध्यक्ष हुन् ।

गठबन्धनको भागबण्डामा कैलारी गाउँपालिका अध्यक्ष माओवादी केन्द्रको भाग परेपनि उम्मेदवारी फिर्ता लिने समयसम्म सहमति नजुट्दा राजसमझ चौधरीको उम्मेदवारी कांग्रेसबाट कायमै रहेको थियो । उम्मेदवारी फिर्ताको समय सकिएपछि गठबन्धनले अध्यक्षमा माओवादी केन्द्रका लाजुराम चौधरी र उपाध्यक्षमा नेपाली कांग्रेसकी भगवती कुमारी चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो ।

प्रतिक्रिया