मतपरिणामका शुभसंकेत

भर्खर सम्पन्न स्थानीयतहको निर्वाचनले केही शुभ संकेत दिएको छ । पहिलो कुरा त खराव काम गरेका पालिकामा दोहो¥याएर उमेद्वार बनाउने हिम्मत दलहरुले गरेनन् । अर्को कुरा दोस्रो कार्यकालमा लागि उमेद्वार बन्ने मध्ये अधिकांशलाई जनताले पराजित गरिदिएका छन् , तर केहीलाई भने अत्याधिक मतका साथ चुनाव जिताइदिएका छन् । उदाहरणका लागि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई सबै भन्दा उत्कृष्ठ काम गर्ने मेयरका रुपमा हेरिएको थियो । उनले यसपटक पनि टिकट पाए । आफ्ना निकटम प्रतिस्पर्धीले ३ हजार मत ल्याउँदै गर्दा प्रजापतिले २९ हजार मत ल्याएर चुनाव जिते । यो फराकिलो मत अन्तर उनलाई जनताले दिएको अवशर र पुरस्कार हो । त्यसैगरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि राम्रो काम गर्ने मेयरको सुचीमा राखिएको थियो । उनले फेरी टिकट पाए । अघिल्लो पटक ३ सय मतको मात्रै अन्तरले चुनाव जितेका महर्जनले यस पटक झण्डै दोब्बर मत अन्तरले चुनाव जित्दैछन् । भरतपुर महानगरपालिकाको हकमा पनि रेणु दाहालले अघिल्लो पटकको भन्दा निकै नै फराकिलो अन्तरले चुनाव जित्ने गरी मतगणनाको रुझान आइसकेको छ । पाँच वर्षको कार्यकालमा रेणुले के कस्ता काम गरिन् ? भन्ने कुरा जनगणना २०७८ को तथ्यांकले नै पुष्टि गरिसकेको छ । यसैगरी राम्रो काम गर्न नसक्ने जनप्रतिनिधिहरु दोहो¥याएर चुनाव लड्दा के हविगत हुन्छ ? भन्ने उदाहरण वीरगन्जका विजय सरावगी बनेका छन् । जनता असन्तुष्ट भएका कारण सरावगीलाई उनको पार्टी जसपाले दोहो¥याएर उमेद्वार बनाउन चाहेन । उनी एमाले प्रवेश गरी दोहो¥याएर उमेद्वार बने । तर मत गणनाको हालसम्मको परिणम हेर्दा सरावगी निकै फराकिलो मत अन्तरले चुनाव हार्दैछन् ।

७ सय ५३ पालिकामध्ये करिव ६ सय पालिकाको मतगणना परिणाम आइसकेको छ । यो परिणाम विश्लेषण गर्दा दोहो¥याएर चुनाव जित्नेहरुको संख्या अत्यान्त न्युन छ । त्यसैगरी अघिल्लो पटक एउटा पार्टीले चुनाव जितेको ठाउँमा यसपटक अर्को पार्टीले चुनाव जितेको देखिएको छ । जनताले व्याक्ति मात्रै होइनकी पार्टीलाई समेत पुरस्कृत तथा दण्डित गरेका छन् । कतिपय पालिकामा भने ठूला दलबीच चुनावी गठवन्धन भएका कारण वा उपयुक्त विकल्प नभएका कारण जनताले साविककै पार्टी तथा साविककै अनुहारलाई जिताएको अवस्था पनि छ । कतिपय पालिकाहरुमा स्वतन्त्र उमेद्वारलाई मतदान गरेर जनताले दलहरुलाई सवक सिकाएका छन् ।


आसन्न स्थानीय निर्वाचनमा राजधानी काठमाडौं महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गरेको छ । तर काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेद्वार वालेन शाहको पक्षमा चुनावी लहर आउनुको कारण एउटा मात्रै छैन । विविध कारणहरु छन् । बहुदलीय शासन व्यवस्थामा दलको विकल्प भनेको दल नै हो । दलको विकल्प व्याक्ति हुन सक्दैन । व्याक्तिलाई मात्रै होइन उसको दललाई समेत जनताले पुरस्कृत वा दण्डित गर्न सक्ने भएका कारण बहुदलीय व्यवस्था विश्वमा लोकप्रिय बनेको हो । स्वतन्त्र उमेद्वारले चुनाव जितेर राम्रो काम ग¥यो भने त ठिकैछ , नराम्रो काम ग¥यो भने जनताले कसलाई दण्डित गर्ने ? काठमाडौंको रुझानलाई जनताले दलहरु माथि दिएको विकका रुपमा लिनु पर्छ । तर काठमाडौंको हकमा दलहरुले सवक सिक्ने र पराजयको कारणलाई समाधान गर्लान भन्ने देखिँदैन । स्थानीय सरकारको पाँच वर्षको एउटा चक्र पुरा भएको छ । यो अवधीमा केही पालिकाहरुमा निकै राम्रा काम भएका छन् ।

केही अपवादलाई छाडेर सन्तोष मान्न सकिन्छ । संघीय सरकारले समयमै कर्मचारीको व्यवस्था नगरिदिन, समयमै आवश्यक कानुन नबनाइ दिने , सिंहदरवारका कर्मचारीहरु गाउँ जान नमान्ने समस्या पनि देखियो । अनुभवको कमीका कारण कतिपय कामहरु हुन सकेनन् । तर अब यो समस्या खासै छैन । स्थानीय सरकारको अभ्यासले एउटा लय समातिसकेको छ । केही पालिकाहरुका आफ्नै प्रसस्त स्रोत र साधन छ । संघीय सरकारको मुख ताकिरहनै पर्दैन । अधिकार पनि छ , स्रोत र साधन पनि छ । अनुभव पनि छ । त्यसैले नवनिर्वाचित जनप्रतिनिधिहरुले जनताको मन जित्ने काम गर्नु पर्छ । मत जित्नु मात्रै ठूलो कुरा होइन , ठुलो कुरा त जनताको मन जित्नु हो । पद भनेको साध्य होइन साधन हो भन्ने यर्थाथतालाई शीरोपर गरेर स्थानीय सरकारका जनप्रतिनिधिहरु अघि बढुन् ।

प्रतिक्रिया