हेटौंडामा ४२,१९० मतगणना हुँदा समाजवादीकी मिना लामा ६३६ मतले अगाडि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ४२ हजार १९० मतगणना भएको छ । उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मिना लामाले १३ हजार ६९८ मत प्राप्त गरेकी छिन् ।

बुधबार साँझ ६ बजेसम्मको मतपरिणामअनुसार लामा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहभन्दा ६३६ मतले अगाडि छिन् ।

सिंहले १३ हजार ६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ६०१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले २० हजार ६०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरेकी छिन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया