बारा । बाराको निजगढ नगरपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ निर्वाचित भएका छन् ।
एमालेका पुरीले ६ सय ५२ मतले कांग्रेसका उम्मेदवार सुरेश खनाललाई पराजित गरेका हुन् । पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरे ।
यसैगरी एमालेकी सोममाया थिङ निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार रविराज दंगाललाई १ सय ४१ मतले पराजित गर्दै उमपेयरमा विजयी भएका छन् । थिङले ८ हजार ६ सय ५९ मत प्राप्त गरिने भने उनकी निकटतम दंगालले ८ हजार ५ सय १८ मत ल्याए ।
प्रतिक्रिया