दुर्घटनामा परेका कांग्रेस सभापतिलाई हेलिकप्टर मार्फत नेपालगन्ज लगियो

मुगु । नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीलाई नेपालगन्ज लगिएकाे छ । दुर्घटनामा परेका सभापति शाहीलाई दिउसाे २ बजे तिर माउन्टेन हेलिकप्टरमा उपचारकाे लागि नेपालगन्ज लगिएकाे हाे । सभापति शाहीकाे दाहिने हातमा चाेट लागेकाे मुगुका डिएसपी सुवास हमालले बताए ।

उनका अनुसार कुबेर शाही र नरविर शाहीकाे टाउकाेमा चाेट लागेकाे छ । सभापति शाही सामन्य अवस्थाकाे घाइते भएकाे हमालकाे भनाई छ । प्रहरीले दिएको जानकारी अनुसार शाही सवार गाडी सोरु गाउँपालिका-६ बन्जाहामा दुर्घटना भएको हो । लु१ज १७७२ नम्बरको गाडी दुर्घटना भएकोमा चार जना घाइते भएका छन् । गाडी सडकमै पल्टिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया