पर्साको कालिकामाई गाउँपालिकाकाे अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । जसपाबाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

प्रतिक्रिया