खत्याड गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

मुगु । जिल्लाको खत्याड गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका अजबहादुर शाहीले ३ हजार ५ सय २१ मत प्राप्त गरि विजयी भएका छ्न् । उनी ९०० को मतान्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका लालबहादुर मल्लले २ हजार ६ सय २१ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी सरिता रोकायाले ४ हजार ५ सय ४८ मत प्राप्त गरि विजयी भएकी छ्न् । उनी २०४९ को भारी मतान्तरले विजयी भएकी हुन् ।

उनकी प्रतिद्वन्दी नेकपा एमालेकी कविता गिरिले २ हजार ४ सय ९९ मत प्राप्त गरेकी छ्न् । ११ वडा रहेको यस गाउँपालिकामा एमालेले ३ वडा, कांग्रेसले ३ वडामा र माओवादीले ५ वडामा जित हात पारेको छ ।

यस गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो भने एमाले र समाजवादीले पनि छुट्टाछुट्टै चुनाबी प्रतिस्पर्धामा थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले गाउपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो । यो पटक भने ३ वटा वडामै सिमित रहेको छ । त्यस्तै कांग्रेसले ३ वडामा र माओवादी ३ वडामा निर्वाचित भएको थियो ।

प्रतिक्रिया