पर्साको धोविनी गाउँपालिमा जसपाका मदनप्रसाद चौहान विजयी

पर्सा । पर्साको धोविनी गाउँपालिको अध्यक्षमा जसपाका मदनप्रसाद चौहान विजयी भएका छन् । चाैहान ३ हजार ९१ मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम प्रतिबन्धी नेपाली काँग्रेस का वशिष्टनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका छन् । २० मत अन्तरले कुर्मीलाई पराजित गर्दै चाैहान अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छिन् । मञ्जुले ३ हाजर १४३ मत ल्याएर विजयी भएकी हुन् । उनकाे निकटतम प्रतिबन्धी जसपाकी प्रियंकादेवी यादवले २ हजार ५ सय७७ मत पाएकी हुन् ।

प्रियांका भन्दा ५६६ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी मञ्जु विजयी भएकी निर्वाचन अधिकृत कैलाश प्रसाद दहालले जनाएका छन् । ३ वटा वडामा काँग्रेस र दुई वटामा जसपा विजयी भएको छ ।

वडा नं. १ मा कांग्रेस का बन्धु साह तेली, वडा नं. २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी, वडा नं. ३ मा पुनः कांग्रेसका राजकिशोर प्रसाद कुर्मी वडा नं. ४ मा काँग्रेसकै अबास मियाँ चुरिहार र वडा नं. ५ मा पुनः मनौवर अहमद निर्वाचित भएका छन् ।

प्रतिक्रिया