पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । ३१ हजार मतगणना हुँदा प्रमुखमा गठबन्धनका उमेदवार एकीकृत समाजवादीका धनराज आचार्य १,७९५ मतले अघि छन् ।
उनले १२ हजार ९४५ मत पाउँदा एमालेका उमेदवार कृष्ण थापाले ११ हजार १५० मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका शंकर खनालले १ हजार ३६० मत पाएका छन् ।
उपप्रमुखमा गठबन्धनकोतर्फबाट कांग्रेसकी कोपिला रानाभाटले १३ हजार २३३ मत प्राप्त गरेकी छन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ७२८ मतसहित पछ्याइरहेकी छन् ।
प्रतिक्रिया