काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ९६०५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४५०१ मतले अगाडी रहेका छन् । केशव स्थापितले ५१०४ मत पाएका छन् ।
त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ४४८३ मत प्राप्त गरेकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ र दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ५, ६ र ३१ को मत गणना भइरहेको छ ।
प्रतिक्रिया