पर्वतको पैयुँ गाउपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन् । त्यस्तै एमालेबाट उम्मेदवार बनेकी यामकुमारी राना उपाध्यक्षमा बिजयी भएकी छन् । यसरी कांग्रेसबाट अध्यक्ष र एमालेबाट उपाध्यक्षमा बिजयी भएका हुन् । रानाले ३ हजार ७ सय ७७ मत ल्याइन् । मल्लले ३ हजार ८ सय २४ मतत प्राप्त गरि अध्यक्षमा विजयी भए ।

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याएर पराजित भए । मल्ल र श्रेष्ठकाे बीचमा ४ सय ४४ मतको अन्तर रहेको छ । उपाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया