भगवतीमाईमा माओवादीबाट अध्यक्ष, नेपाली कांग्रेसबाट उपाध्यक्ष विजयी

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्रका गणेश बहादुर थापा र नेपाली कांग्रेसकी मिना खड्का (थापा) विजयी भएका छन् । बैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनको मत परिणाम आज सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर थापाले २ हजार ८ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दशरथ खड्काले २ हजार २ सय ३ मत प्राप्त गरे भने एमालेका शान्तीप्रसाद शर्माले १ हजार ९ सय ३४ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी मिना खड्का९थापा०ले २ हजार ६ सय ८३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिद्वन्दी माओदादी केन्द्रकी मनिसा सोनीले २हजार २ सय ४७ मत पाएकी छन् ।

एमालेकी बसन्ता शाहीले १ हजार ९ सय २२ मत प्राप्त गरिन् । विजयी अध्यक्ष र उपाध्यक्ष स्थानीय तह निर्वाचन २०७४ उम्मेदवार हुन । उनिहरु २०७४ मा असफल भएका थिए ।

प्रतिक्रिया