भक्तपुरमा नेमकिपाका प्रजापति विजयी

काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विशाल मत अन्तरसहित निर्वाचित भएका छन् । उनले २९ हजार २५२ मत पाएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई २५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ४०७ मत पाए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याएका छन् ।

उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी भएकी छन्। जोशीले २९ हजार ७५९ मत पाएकी छिन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।

प्रजापति र जोशी दुवै दोहोरिएका हुन्। ०७४ को निर्वाचनमा पनि उनीहरु निर्वाचित भएका थिए । नेमकिपाको गढ भक्तपुरमा सो पार्टीले सबै वडा समेत जितेको छ ।

प्रतिक्रिया