बिजय उत्सब मनाउने क्रममा करेन्ट लागेर २ जनाकाे मृत्यु

सल्यान । सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन् ।

प्रतिक्रिया