सल्यानका दुई स्थानीय तहमा नेपाली कांग्रेस निर्वाचित

सल्यान । सल्यानका दुई स्थानीय तहमा नेपाली काग्रेस निर्वाचित भएको छ । जिल्लाको कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको हो । कुमाख गाउँपालिकामा नेपाली कांग्रेसका मान वहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा एमालेका लाल वहादुर रावत विजयी भएका छन् । उनले ४ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् । कुमाख गाउँपालिकामा नेपाली काग्रेसले सत्ता गठवन्धन छोडेर एमालेसंग गठवन्धन गरेको थियो । कुमाख गाउँपालिकामा काग्रेसले तीन वटा वडामा विजय भएको छ भने माओवादी चार वडामा विजय भएको छ । यस अघि कुमाख गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो ।

यस्तै त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका खिम बहादुर रावत विजय हुनु भएका छन् । रावतले ३ हजार ३ सय ६९ मत प्राप्त गरी विजयी हुनु भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका डिल्ली केसीले २ हजार ९७ मत प्राप्त गरेका छन् । यस अघिको निर्वाचनमा त्रिवेणीमा काग्रेस विजयी भएको थियो ।

उपाध्यक्षमा कांग्रेसकै सिता खडका निर्वाचित भएकी छिन । उनले ३ हजार १ सय ८६ मत ल्याएर निर्वाचित हुनु भएकी हुन । उनको निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका राजेन्द्र कुमार थापाले २ हजार ३५ मत प्राप्त गरेका छन । त्रिवेणी गाउँपालिकाका ४ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने २ वडामा भने नेकपा एमाले विजयी भएको छ ।

यसैवीच सल्यानमा दुई नगरपालिका सहित ५ वटा स्थानीय तहमा माओवादी केन्द्रको अग्रता रहेको छ । नेपाली कांग्रेसको १ नगरपालिका सहित २ स्थानीय तहमा र १ समाजबादीको अग्रता कायम रहेको छ ।

प्रतिक्रिया