कांग्रेसका कार्यकर्ताले होहल्ला गरेपछि दार्मा गाउँपालिकामा मतगणना स्थगित

सल्यान । सल्यानको दार्मा गाउँपालिकमा मतगणना स्थगित गरिएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले मतगणना स्थलमा होहल्ला गर्न थालेपछि मतगणना स्थगित गरिएको हो ।

मतणना स्थल बाहिर लाठीसहित कांग्रेस कार्यकर्ताहरुले होहल्ला गरेपछि मतगणना स्थगित भएको हो । होहल्ला पछि मतगणना सूचारु गर्नका लागि सर्वदलिय बैठक सुरु भएको छ ।

यसैबीच समाचार संकलन गर्न गएका रेडियो शारदाका पत्रकार प्रकाश शर्मालाई कांग्रेस कार्यकर्ताहरुले हातपात गरेका छन् । उनिहरुले फोटो खिचिरहेको अवस्थामा लगाएको कपडा च्यात्नुका साथै मोवाईल समेत लिएर गएको पिडित पत्रकार शर्माले बताए । पत्रकारमाथि गरिएको दुव्र्यवहारको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया