कनकासुन्दरी ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी

जुम्ला । कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।

प्रतिक्रिया