बालेन शाह किन पुगे भक्तपुर ?

भक्तपुर । काठमाण्डौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।

उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएको हुन सक्ने अनुमान गरिएको छ ।

आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरूको भिड लागेको थियो ।

यस क्रममा शाहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका कान्छो भाई एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका–५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका–५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेमगोपाल कर्माचायसँंग भेटघाट पनि गरेका थिए ।

प्रतिक्रिया