किन खोजीमा हुन्छ नयाँं पुस्ता स्वतन्त्र उम्मेदवारको ?

काठमाडौं । शुक्रबार सम्पन्न भएको स्थानीय निकायको निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझान अनुसार सरकारले नेतृत्व गरेको पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले धेरै निकायहरुमा अग्रता कायम गरेको छ । उसले प्रमुख शहर बिराटनगर र ललितपुरमा अग्रता कायम गरेको छ भने अन्य धेरै निकायमा उसको अग्रता छ । भरतपुरमा भने गठबन्धनका रेणु दाहाल र एमालेका विजय सुवेदीबीच उछिनाउछिन् चलेको छ ।

काठमाडौं महानगरपालिका लगायतका केही निकायमा भने चमात्कारिक परिणामको संकेत देखिँछ । यद्यपि गणनाको सुरुवात मात्र भएकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

महानगरमा एमालेका केशव स्थापित र कांग्रेसकी सृजना सिंहलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता हासिल गरेका छन् । हरेक चुनावमा काठमाडौंका युवा माझ कुनै उम्मेदवारले लोकप्रिय मत प्राप्त गर्ने गरेका छन् ।

अघिल्लो चुनावमा यस ठाँउमा थिइन् विवेकसिल साझाकी रन्जु दर्शना न्यौपाने । उनले राम्रो भोट ल्याए पनि जित्न भने सकिनन् । देशमा बहुदल आएको केही वर्षसम्म स्वतन्त्र उम्मेदवारको चुनावमा नामनिसान देखा पर्दैनथ्यो । त्यसपछि का दिनमा भने क्रमशः यो बढ्दै गएको छ ।

हुन त काठमाडौंले पंचायतकालमा समेत शासकहरुलाई अचम्मको चुनाव परिणाम दिएर राम्रो गरी ब्यङ्ग गरेको कैयौँ उदाहारण छन् । पंचायतकालमा नयाँ सडकमा जुत्ता पालिस गर्दै गरेको गोल्छे सार्कीलाई उठाएर पंचायती शासनको विरोध गर्ने पनि काठमाडौं नै थियो । यसले पछि नानीमैया दाहाललाई पनि यहि विरोधमा उतार्यो ।

देशमा केही समय यता स्वतन्त्र चक्लेटी उम्मेदवारको खोजी सुरु हुन थालेको छ । यो दलीय व्यवस्थाका विरोधमा भने होइन । तर, त्यसमा करेक्सन गर्नका लागि हो । नेताहरुलाई सच्चिनका लागि हो ।

अहिलेको पुस्ताले दलीय सिस्टम वा लोकतन्त्रका लागि धेरै पसिना बगाएको छैन । त्यसैले उनीहरुलाई दलीय उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार छनौटमा बढँ जाँगर लागेको छ ।

तर, पछिल्लो पुस्ताले बालेन शाह वा रन्जु दर्शना उनीहरु लोकप्रिय वा लामो समय काम गरेको आधारमा खोज्ने गरेको छैन । यो स्वयं दलहरुले समेत पाठ सिक्ने अवसरको अवस्था हो ।

स्वतन्त्र व्यक्ति खोज्नु कसैको नियत नराम्रो होइन । दलका नेताहरुले राम्रो गर्ने अवसरको खोजीसमेत हो । यसकारण बढ्दैछ – स्वतन्त्र उम्मेदवारको खोजी ।

प्रतिक्रिया