जाे १ मतले पराजित भए

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई १ मतले हराएका छन् ।

माओवादी केन्द्रका सन्तमान थिङले एमालेका आशाराम गोलेलाई १ भोटले हराएका हुन् । माओवादी केन्द्रका थिङले ५ सय ४८ मत प्राप्त गर्दै वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि रहेका एमालेका गोलेले भने ५ सय ४७ मत ल्याए ।

प्रतिक्रिया