काठमाडौं । काठमाडौं महानगरपालिकामा आज बिहान ९ बजेसम्म पाँच हजार ४११ मतगणना भएको छ । गणना भएको मतबाट नगर प्रमुख पदमा बालेन्द्र साह (बालेन) मतान्तरले अगाडि देखिएका छन् । उनले एक हजार ९१७ मत पाएका छन् ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापितले उनलाई पच्छ्याउँदै छन् । स्थापितको अहिलेसम्म एक हजार १८९ मत छ ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ९९२ मतका साथ तेस्रो स्थानमा छिन् ।
प्रतिक्रिया