नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कंडेल बिजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रत्न बहादुर खड्कालाई ५ मत अन्तरले पछि पार्दै कंडेल विजयी भएका हुन् ।
गोपी कंडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसका रत्नबहादुर खड्का सँग पराजित भएका थिए अहिले उनै कांग्रेसका उमेदवार खड्कालाई पराजित गर्दै कंडेल वडाध्यक्ष बनेका हुन् ।
वडाध्यक्षमा विजयी कंडेलले ३४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका खड्काले ३३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडाध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका उमेदवार विष्णु बहादुर घर्तीको १६७ मत रहेको छ । वडाध्यक्ष बाहेक अन्य सबै सदस्य पदहरुमा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् ।
महिला सदस्यमा मानकुमारी सापकोटा ३४५ मतका साथ विजयी भएका छन् भने दलित महिला सदस्यमा माया दमै ३३२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै खुल्ला सदस्यमा डिल्लीराम सापकोटा २९१ मत र तेजबहादुर बोहरा २८१ मत सहित विजयी भएका छन् ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया