माङसेबुङ ६ मा प्यानलै एमाले विजयी

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा एमालेका प्रदिप समाङपाङ ८ सय ३० मतका साथ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले ३ सय ३४ मत पात्र पाएका थिए ।

वडा अध्यक्षमा निर्वाचित प्रदिप निवर्तमान वडाअध्यक्ष हुन् । उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएर एमाले प्रवेश गरेका थिए । सदस्यहरुमा समेत एमालेको प्यानल विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । महिला सदस्यमा पुनम सम्बाहाम्फे (६९६ मत) र सदस्यहरुमा खगेन्द्र खड्का (६६६ मत) र दिवस राई (७४० मत) विजयी भएका छन् ।

महिला सदस्यका प्रत्यासी कांग्रेसकी कविता राई (३८० मत), सदस्यहरुमा आशिष राई (३८८ मत) र गोविन्द खड्का (३२१ मत) मात्र पाएका थिए । गाउँपालिका अध्यक्षमा समेत एमालेले अग्रता लिएको छ । एमालेका हेमन्त राईले ८ सय ९६ मत पाउँदा कांग्रेसका डिकेन्द्र इदिङ्गोले २ सय ७१ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले ६ सय ८४ मत पाउँदा जनता समाजवादी पार्टीका विनोद नेम्बाङले ३ सय ५२ मत पाए ।
सो वडामा १ हजार ८ सय ७६ मतदाता रहेकोमा १ हजार २ सय ३४ मत मात्र खसेको थियो ।

प्रतिक्रिया