पर्वत । पर्वतको कुस्मा नगरपालिकामा गठबन्धनका मेयर जोशीको अग्रता कायम रहेको छ । हिजो बाट गणना सुरु गरिएको यो नगरपालिकामा कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका रामचन्द्र जोशीले ५८९ मत आएको छ, भने उनका प्रतिस्प्रधी एमालेका गणेश शर्मा पौडेलले ३९६ मत ल्याएर पछ्याइरहेका छन । त्यस्तै उप प्रमुखमा एमालेकी स्वस्थानी रिजालले ५२८ मतका साथ अग्रता कायम राखेकी छन् । उनलाई गठबन्धन बाट उप प्रमुख को उम्मेदवार बनेका माओवादीका शकर गिरिले ४०१ मतका साथ पछ्याउँदै छन् ।
कुस्मा नगर पालिकाको १ पाङबाट अहिले सम्म ११०० गणना भएको मत मध्ये रुखबाट वार्ड अध्यक्षको उम्मेदवार बनेका खगराज पौडेलको ५२० छ, भने उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद रिजालको ४१२ रहेको छ । पर्वतका अन्य पालिकामा पनि मतगणना भैरहेको छ ।
प्रतिक्रिया