नौमुले गाउँपालिकाकाे अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

दैलेख । दैलेख जिल्लाको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

सुवेदीले ३२०० मत पाए भने कांग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो गाउँपालिकामा एमाले भने तेस्रो भएको छ ।

नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । सो गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया