भरतपुरमा रेनु र विजयको मत समान १५०

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख पदका उमेदवार रेनु दाहाल र विजय सुवेदीको मत बराबर भएको छ । चार सय मत गन्दा दुबैको मत बराबर भएको हो ।

गठबन्धनबाट उमेदवार बनेकी माओवादी नेतृ रेनुले १५० मत प्राप्त गर्दा एमाले उमेदवार विजय सुवेदीले पनि समान १५० मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखतर्फ भने कांग्रेसका चित्रसेन अधिकारीले १८१ तथा राप्रपाका हिमला गुरुङले १०६ मत प्राप्त गरेकी छन् । यहाँ कांग्रेस माओवादी गठबन्धन र एमाले राप्रपा गठबन्धन छ ।

प्रतिक्रिया