भरतपुर महानगरपालिकामा रेणु दाहालको आग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता लिएकी हुन् । तीन सय मतगणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।

दाहालले ११६ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का बिजय सुवेदीले ११० मत प्राप्त गरेका छन् छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाएकी छन् ।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा (एमाले) का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया