बैतडीको र्चौडी–१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

बैतडी । पुर्चौडी नगरपालिका–१० को वडाध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले चार सय ६८ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसबाट विजयी भएका छन् भने एक वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पुर्चौडीमा अहिलेसम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगरप्रमुखका उम्मेदवार दिपक बलमे पाँच सय सय ७५ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका कर्णबहादुर कुँवरले चार सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया